Logo

बजार घटेपनि सेयर मार्केटमा आकर्षण कायमै, एक बर्षमा ‘मेरो सेयर’ प्रयोगकर्ता मात्रै १५ लाख थपिए

बजार घटेपनि सेयर मार्केटमा आकर्षण कायमै, एक बर्षमा ‘मेरो सेयर’ प्रयोगकर्ता मात्रै १५ लाख थपिए



काठमाडौं । नेपालमा पछिल्लो एक वर्षको तथ्यांक केलाउने हो भने सेयर मार्केटमा ठूलो अंकको गिरावट आएको छ । जसमार्फत लगानीकर्ताले खर्बौ रुपैयाँ लगानी गुमाउनुपरेको छ । बजार घटेपनि सेयर बजारमा सर्वसाधारणको आकर्षण भने थप बढ्दै गएको देखिन्छ ।

laxmi

केहि बर्ष पहिले कागजी रुपमा रहेको सेयरको कारोवार हाल आएर डिजिटल भएको छ । सेयर कारोवार डिजिटल भए संगै यसका प्रयोगकर्ता थपिदै छन भने प्रयोगकर्तामा सहजता पनि भएको छ । पछिल्लो समय आईपीओ भर्न सर्वसाधारणको संख्या बढेसँगै पछिल्लो एकबर्षमा मेरो सेयर प्रयोगकर्ता १५ लाख ४५ हजारले थपिएका छन् ।

गत बर्ष यही समयमा मेरो सेयर प्रयोगकर्ताको संख्या २८ लाख ५५ हजार रहेकोमा अहिले उक्त संख्या ४४ लाख पुगेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार पछिल्लो एक बर्षमा हितग्राही खाता (डि म्याट) प्रयोगकर्ताको संख्या १५ लाख ११ हजारले थपिएका छन । गत बर्ष यहि अवधिमा ३७ लाख ८९ हजार डि म्याट खाता रहेकोमा अहिले उक्त खंख्या ५३ लाख पुगेको छ ।

डि म्याट खाता नभई सेयर आवेदन दिन नसकिने भएकाले सेयर आवेदन दिनकै लागि पनि डि म्याट खाता प्रयोगकर्ताको संख्या बढेको छ । यस्तै मेरो सेयर प्रयोग नगर्दा बैंकमा लाईन बसेर फारम भरेर सेयर आवेदन दिनुपर्ने हुन्छ । मेरो सेयर प्रयोग गर्दै घर वा आफु बसेको ठाँउबाटै सेयर आवेदन गर्न सकिने भएकाले मेरो सेयर प्रयोगकर्ताको संख्या बढेको छ । प्रविधिको विकास र प्रयोगमा सहजता भएसंगै अहिले अफ्नै मोवाईल र कम्प्युटरको प्रयोग गर्दै घरमै बसेर मेरो सेयरद्धारा आइपीओे आवेदन गर्ने गरेका छन ।

पछिल्लो समय नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घट्दा सामान्यतया सेयर बजारप्रति लगानीकर्ताले चिन्ता व्यक्त गर्ने गरेका छन । यद्यपि मेरो सेयर र डिम्याट प्रयोगकर्तामा भइरहेको बृद्धिले आईपीओमा सर्बसाधारणको रुचि बढ्दो रहेको पाईन्छ । बजारमा खुल्ने आईपीओ मध्ये पनि लघुवित्तको आईपीओमा सर्वसाधारण लगानी गर्न उत्साहित देखिने गरेका छन् ।

यसअघि खुलेर कारोवारमा अब्बल ठहरिएका महिला लघुवित्त र जीवन विकास लघुवित्त पछि त सर्वसाधारणको लघुवित्तको आईपीओ प्रती आर्कषण झन बढेको छ । जसको पछिल्लो प्रमाणका रुपमा नेस्डो लघुवित्तको आईपीओमा परेको आवेदनलाई लिन सकिन्छ । नेस्डोको आईपीओमा मागको झण्डै ४० गुणा बढी आवेदन परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL