Logo

नेपालको अन्तराष्ट्रिय व्यापारमा निर्यातको हिस्सा ९.४३ प्रतिशत, १२ महिनामा १७ खर्ब २० अर्ब व्यापारघाटा

नेपालको अन्तराष्ट्रिय व्यापारमा निर्यातको हिस्सा ९.४३ प्रतिशत, १२ महिनामा १७ खर्ब २० अर्ब व्यापारघाटा



काठमाडौं । नेपालले गत आर्थिक बर्षमार १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ बराबरको व्यापारघाटा बेहोरेको छ । आयातित वस्तुको उच्च मूल्य वृद्धि र उपभोक्ता खपतमा वृद्धि हुँदा नेपालको व्यापारघाटा अघिल्लो आव २०७७/७८ को तुलनामा २३ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक बर्षको १२ महिनामा नेपालले १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ बराबरको व्यापारघाटा बेहोरेको थियो ।

laxmi

भन्सार विभागका अनुसार गत आर्थिक बर्षमा नेपालले १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यस्तै यस अवधिमा नेपालले जम्मा २ खर्ब ३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यस अनुसार नेपालको कुल वैदेशिक व्यापारको ९०.५७ प्रतिशत हिस्सा आयात व्यापारले ओगटेको छ भने ९.४३ प्रतिशत हिस्सा निर्यात व्यापारले ओगटेको छ । नेपाल सरकारले आयातमा उच्च वृद्धि भएको भन्दै आयात नियन्त्रण गर्न विभिन्न उपाय अपनाएपनि व्यापारघाटामा नियन्त्रण हुन सकेको छैन ।

३ खर्ब ८३ अर्बको पेट्रोलियम आयात

सरकारले व्यापारघाटा घटाउने र विदेशी मुद्रा संचितिमा असर नपार्ने भन्दै पेट्रोलियम पदार्थको आयातमा नियन्त्रणमुखी नीति अघि सारेको छ । यसो हुँदा हुँदै पनि नेपालले गत आर्थिक बर्षको १२ महिनामा ३ खर्ब ८३ अर्ब १२ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । यो नेपालमा आयात भएका वस्तुमध्ये सबैभन्दा बढी आयात भएको पहिलो स्थानमा छ ।

यसपछि धेरै आयात हुने वस्तुको सूचीको दोस्रो स्थानमा फलाम र स्टिल छ । पछिल्लो १२ महिनामा नेपालले १ खर्ब ६१ अर्ब ६६ करोड रुपैयाँ बराबरको फलाम र स्टिल आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL