Logo

नुन् ढुवानीका लागि १७ करोड ४१ लाख खर्च, सडकको पहुँच पुगेका जिल्लामा अनुदान पुनरावलोकन गर्नूपर्ने

नुन् ढुवानीका लागि १७ करोड ४१ लाख खर्च, सडकको पहुँच पुगेका जिल्लामा अनुदान पुनरावलोकन गर्नूपर्ने



काठमाडौं । सरकारले यो बर्ष हीमाली तथा उच्च पहाडी जिल्लामा नुन ढुवानी गर्न १७ करोड ४१ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ । देशभरका सबै स्थानमा कम मूल्यमा नुन वितरण गर्नका लागि ढुवानी खर्चवापत उक्त अनुदान साल्ट ट्रेडिङलाई सरकारले दिएको हो ।

laxmi

२०५९ सालमा यातायातको सुविधा नपुगेका २२ जिल्लामा नुन ढुवानी गर्न उक्त अनुदान दिँदै आएपनि हालसम्म धेरैजसो जिल्लामा यातायातको सुविधा पुगेपनि अनुदानको रकममा भने फेरबदल भएको छैन ।

महालेखा परिक्षकको ५९ औं प्रतिवेदनले यातायातका सुविधा पुगिसकेका जिल्लाहरुमा दिईने अनुदान पुनरावलोकन गर्नुपर्ने बताएको छ । हाल सोलुखुम्बु, अछाम, रुकुम, दार्चुला, जाजरकोटलगायतका जिल्लामा यातायातको पहुँच पुगिसकेको छ ।

तर, यस्ता जिल्लामा दिने गरिएको अनुदानमा पुनरावलोकन गरिएको छैन । साल्ट ट्रेडिङले यो बर्ष ९३ हजार ९ सय ८४ क्विन्टल नुन ढुवानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL