Logo

मन्त्री कुँवरले गरे इपिएस प्राणाली मार्फत कोरिया जाने कामदारको भाषा परीक्षा केन्द्रको अुगमन

मन्त्री कुँवरले गरे इपिएस प्राणाली मार्फत कोरिया जाने कामदारको भाषा परीक्षा केन्द्रको अुगमन



काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले इपिएस प्राणाली मार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अुगमन गरेका छन्। उनले मंगलबार दिउँसो ललितपुरको भैसेपाटीमा रहेको परीक्षा केन्द्रको अनुगमन गरेका हुन् ।

मन्त्री कुँवरले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नु पर्ने नियमका बारेमा बुझेका छन् । रोजगारीका लागि नेपाल बाट कोरिया जाने कामदारको वैदेशिक रोजगार विभाग अन्तरगत पर्ने इपिएस कोरिया शाखाले प्रत्येक वर्ष परीक्षा लिने गर्दछ । यो वर्ष पनि जेष्ठ १९ देखि असार ३ गतेसम्म पहिलो चरण र असार १३ गतेदेखि दोस्रो चरणमा परीक्षा भइरहेको छ । एक पटक २ सय जनाले परीक्षा दिइरहेका छन् ।

अहिले विद्यार्थीले युविटी मार्फत परीक्षा दिइरहेका छन् । परीक्षाको एक दिन अघि विद्यार्थीको बाडोमेटीक तथ्यांक राख्ने काम गरिन्छ । त्यसमा परीक्षामा सहभागि हुने विद्यार्थीको सबै जानकारी राखिन्छ र सोही आधारमा अर्को दिन कोरियनले परीक्षा लिने गर्दछ ।

यो वर्ष ४४ हजार जना कृषी र पशुपान तर्फको परीक्षमा सहभागि भएको इपिएस कोरिया शाखाका निर्देशक पुष्प कटुवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This