Logo

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताको निजगढमा बिमानस्थल बनाउने बाचा, बन्ला त विमानस्थल ?

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताको निजगढमा बिमानस्थल बनाउने बाचा, बन्ला त विमानस्थल ?



काठमाडौं । प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता व्यक्र गरेका छन् । शनिबार बिमानस्थल निर्माण गर्ने भनिएको बारको निजगढ पुगेर गठबन्धनका शीर्ष नेताहरूले सो बाचार गरेका हुन् ।

उनीहरू प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययनका लागि शनिवार निजगढ पुगेका हुन् । सो क्रममा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषाणा गरे ।

निजगढ पुग्नेमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत छन् ।

वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरु पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा पुगेका हुन् ।

भ्रमणपछि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने वा नबढाउने विषयमा सरकारले आवश्यक निर्णय गर्ने बताइएको छ । सर्वोच्च अदालतले गत बुधवार विमानस्थल सम्बन्धि मुद्दाको फैसला गर्दै निमार्ण गर्ने जिम्मा सरकारको हातमा दिएको छ । जैविक विविधतायुक्त घना जंगल फडानी गरेर विमानस्थल निर्माण गर्न खोजिएको भन्दै विरोध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL