Logo

काठमाडौं महानगरपालिकाको आर्थिक विधेयक सर्वसम्मतिले पारित

काठमाडौं महानगरपालिकाको आर्थिक विधेयक सर्वसम्मतिले पारित



काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक बर्ष २०७९ ८० को आर्थिक विधेयक सर्वसम्मतिले पापरित भएको छ । शुक्रबार बसको महानगरपालिकाको नगरसभा बैठकले उक्त आर्थिक विधेयक पारित गरेको हो ।

laxmi

आर्थिक विधेयकमा करको दर घटाउनेदेखि दायरा बढाउनेसम्मका विषयहरु छलफल भएको थियो । नगरसभामा छलफलमा उठेका प्रस्तावहरु संशोधन सहित समावेश गर्ने महानगरका मेयर बालेन्द्र साहले प्रतिबद्धता व्यक्त गरेपछि आर्थिक विधेयक पारित भएको हो ।

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL