Logo

एकैपटक पेट्रोलमा २१ र डिजेलमा २७ रुपैयाँ वृद्धि, एक लिटर पेट्रोलको मूल्य अब १९९ रुपैयाँ

एकैपटक पेट्रोलमा २१ र डिजेलमा २७ रुपैयाँ वृद्धि, एक लिटर पेट्रोलको मूल्य अब १९९ रुपैयाँ



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निमगले आइतबार रातिदेखि लागु हुनेगरि पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरेको छ । बढेको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगको छ ।

यसैगरी, २७ रुपैयाँले बढेको डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ । यस्तै, हवाई इन्धनको मूल्यमा आन्तरिकतर्फ १९ रुपैयाँ वृद्धि गर्दा प्रतिलिटर १८५ रुपैयाँ पुगेको छ भने बाह्यतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको छ र नयाँ मूल्य प्रतिकिलोलिटर एक हजार ६४५ अमेरिकी डलर कायम गरिएको छ ।

बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने आयल निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL