Logo

तीन महिनमा सुन आयात ८२ प्रतिशतले घट्यो, ६३ करोडको मात्र आयात

तीन महिनमा सुन आयात ८२ प्रतिशतले घट्यो, ६३ करोडको मात्र आयात


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता ।

चालू आर्थिक वर्षको पहिलो ३ महिनामा सुन आयाता ह्वात्तै घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार पहिलो ३ महिनामा सुन आयात ८२ दशमलव २ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको पहिलो ३ महिनामा करिब ३ अर्ब ५६ करोड १० लाख रुपैयाँको सुन आयात भएको थियो । तर, चालू आवको पहिलो ३ महिनामा ६३ करोड ३६ लाख रुपैयाँ बरावरको मात्र सुन आयात भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो ३ वर्षको तथ्याङ्क अनुसार सुन आयात लगातार ओरालो लागेको छ ।

बाणिज्य बैंकहरुले पहिला बढी नाफा कमाउने उद्देश्यले बढी सुन आयात गरेकाले पछिल्लो समय तथ्याङ्कमा कम आयात भएको देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए । ‘झण्डै १ वर्ष अघि वाणिज्य बैंकले बढी सुन आयात गरेर होल्ड गरेका थिए,’ उनले भने, ‘अहिले उनीहरुले आयात गरेको सुन नै नविकेका कारण नयाँ आयातमा कमि भएको हो ।’

Gold-Jewellery

हाल बैंकले होल्ड गरेर राखेका सुन महङ्गोमा किन्नु परेको समेत उनको भनाइ छ । बैंकले होल्ड गरेर राखेका सुन बीमा, ब्याज लगायतका थप खर्च जोड्दा बजार भाउभन्दा महङ्गो पर्न गएको उनले जानकारी दिए ।

यस्तै पछिल्लो समय सुनको मुल्य ओरालो लाग्ने क्रममा रहेकाले पनि बजारमा सुन विक्री कम भएको शाक्य बताउँछन् । ‘आगामी दिनमा सुनको भाउ अझै ओरालो लाग्ने हल्लाले ग्राहकहरुले आफुसँग भएको सुन समेत बेच्न आइरहेका छन्,’ उनले भने, ‘यस्तो अवस्थामा नयाँ सुन बिक्ने कुरै भएन ।’ दिनहुजसो सुनको मुल्यमा उत्तरचढाव हुँदा ग्राहकहरु अन्योलमा परेको समेत उनले बताए । यस्तै, मंगलवार प्रतितोला ५१ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको सुन बुधबार बढेर ५२ हजार ३ सयमा कारोवार भइरहेको छ ।
उनका अनुसार हाल विवाहको सिजन कम भएकाले पनि सुन बिक्रीहुने क्रम घटेको हो ।

यस्तै, व्यापारीहरुले विदेशबाट आउँदा छुटमा ५० ग्राम सुन ल्याउन पाउने भएकाले पनि वैकिङ प्रणालीबाट आयात हुने सुनको परिमाण कम देखिएको उनी बताउँछन् । ‘व्यवसायीहरुले विदेशबाट आउँदा कर नतिरी ५० ग्राम सुन ल्याउन पाउँछन्,’ उनले भने, ‘बजारमा त्यस्ता सुनको कारोवार पनि बढी रहेको छ ।’ यस्तै नेपाल राष्ट्र बैंकले पनि पहिला बढी सुन आयात भएकाले पछिल्लो समय सोक्रम घटेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL