Logo

सूर्या लाइफको प्रदेश स्तरिय विजनेस बिल्डिङ सेमिनार सम्पन्न, २५ जना अभिकर्तालाई सम्मान

सूर्या लाइफको प्रदेश स्तरिय विजनेस बिल्डिङ सेमिनार सम्पन्न, २५ जना अभिकर्तालाई सम्मान



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले बागमति प्रदेश स्तरिय विज्नेस बिल्डिङ सेमिनार सम्पन्न गरेको छ । कम्पनीले करिब ३ सयभन्दा बढी आभिकर्ताहरु माझ उक्त सेमिनार सम्पन्न गरेको हो । बागमति प्रदेश प्रमुख शुशिल चापागाईंको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको उद्घाटन् कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले गरेका थिए । कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कामु. सहायक महाप्रबन्धक मेघेन्द्र प्रकाश गिरी, ट्रेनिङ प्रमुख प्रमोद सापकोटा लगायत पेशागत अभिकर्ता संघका अध्यक्ष राम बहादुर तामाङलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा २०२३ को एमडीआरटीहरुलाई सम्मान गर्दै, चौथो त्रैमासिकको हालसम्म बागमति प्रदेश अन्तर्गत आफनो व्यक्तिगत कोडमा अधिकतम बिमाशुल्क हासिल गर्न सफल २५ जना अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । साथै देशैभरीबाट बैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताहरुबाट लक्की ड्र गरी ३ जना भाग्यशाली विजेताहरुको घोषणा गरिएको थियो । लक्की ड्रमा भैरहवा शाखाबाट शोभा जिसिले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वितिय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रंन्जिता बुढाथोकीले तृतिय पुरस्कार मोबाइल जित्न सफल भएका छन् ।

जीवन बीमा क्षेत्रमा अभिकर्ता पेशालाई थप प्रभावकारी, व्यावसायिक र मर्यादित बनाउने अभियान स्वरुप सूर्या लाइफले ‘मेरो पहिलो पोलिसी’ अभियान सुरु गरेकोछ । जस अन्तर्गत, अभिकर्ताले हासिल गरेको आफ्नो पहिलो पोलिसी यादगार रहोस भन्ने कामना सहित नयाँ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । उक्त भव्य समारोहमा विजेता सम्पुर्णलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सम्मान गर्नुका साथै प्रमाण पत्र, मायाको चीनो र पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL