Logo

चेम्बरसँगको सहकार्यमा चिलीले नेपालमा लगानी गर्ने, भारतदेखि युरोपसम्म निर्यात

चेम्बरसँगको सहकार्यमा चिलीले नेपालमा लगानी गर्ने, भारतदेखि युरोपसम्म निर्यात



काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र चिलीले नेपालमा लगानी गर्न इच्छुक भएको छ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि चिलीका राजदूत जुवान एङगुलोबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा दुई देशबीच सहकार्य तथा लगानीका विभिन्न विकल्पमा छलफल भएको थियो ।

उक्त छलफलमा राजदूत एङगुलोले नेपाल हिमालयको देश भएका र पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको भन्दै लगानीका लागि सहकार्य गरिने प्रविवद्धता व्यक्त गरे । साथै उनले नेपालमा लगानीको सम्भावनाबारे आफ्नो देशको निजी क्ष्ँेत्र र नागरिकहरुलाई जानकारी गराउने समेत उनले बताए ।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले पर्यटन, जलश्रोत, सूचनाप्रविधि तथा जडीबुटीजन्य क्षेत्रमा लगानीको सम्भावनाबारे राजदूत एङगुलोलाई जानकारी गराएका थिए । साथै नेपाल र चिलीबीचको कुटनीतिक सम्बन्ध ६० वर्ष भन्दा पुरानो भएको सन्र्दभमा आर्थिक सम्वन्धलाई थप बलियो बनाउनु मल्लको भनाई थियो । ‘दुई देशबीच कुटनीतिक सम्वन्ध स्थापना भएको ६० वर्ष पुरा भएको छ । सरकारी र निजी क्षेत्रबीचको सहकार्य मार्फत आर्थिक सम्वन्धलाई थप बलियो र प्रभावकारी बनाउन चाहान्छौं,’ भेटमा उनले भने, ‘बैदेशिक लगानीको सुरक्षणका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको छ । आगामी बर्षको बजेटमा पनि सरकारले ५० वर्ष सम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, चिलीको लगानी सुरक्षण गर्न हामी प्रतिवद्धता जनाउ“छौं ।’

अन्तरराष्ट्रिय रुपमा बढी माग हुने बस्तुहरुको उत्पादनका लागि नेपाल उपयुक्त गन्तव्य भएको भन्दै ेपालमा जग्गाको मुल्य र श्रमको लागत सस्तो पर्ने समेत मल्लले जानकारी गराए । साथै चिलीको लगानीमा नेपालमा उद्योग खोलेर भारत, चीन लगायत दक्षिण एसिया, युरोप र अमेरिकी बजारमा बिक्री गर्न सकिने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL