Logo

यी हुन् नेपालले दश महिनामा धेरै राजस्व उठाएका १० वस्तु, पेट्रोलियम पदार्थ पहिलो नम्बरमा

यी हुन् नेपालले दश महिनामा धेरै राजस्व उठाएका १० वस्तु, पेट्रोलियम पदार्थ पहिलो नम्बरमा



काठमाडौं । नेपाल सरकारले हरेक महिना बिदेशबाट आयात हुने वस्तुबाट भन्सार राजश्व उठाउँछ । नेपालमा धेरैजसो वस्ुत बिदेशबाट आयात हुने भएकाले सरकारी ढुकुटीको मुख्य हिस्साका रुपमा भन्सार राजश्व रहेको अवस्था छ । चालु आर्थिक बर्षको १० महिनामा मात्रै सरकारले पेट्रोलियम पदार्थ आयातवापत १ खर्ब ६० अर्ब ३९ करोड ९२ लाख रुपैयाँ भन्सार राजस्व उठाएको छ । भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार गत बर्षको साउनदेखि बैशाख मसान्तसम्म नेपालले २ खर्ब ९६ अर्ब ८३ करोड ९३ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । यसमार्फत सोहीअनुसारको भन्सार राजस्व उठाएको हो ।

laxmi

यस्तै धेरै भन्सार राजस्व उठ्ने दोस्रो ठूलो वस्तुमा भने सवारीसाधन तथा पार्टपुर्जा छन् । नेपालले चालु आवको १० महिनामा ८६ अर्ब ८० करोड रुपैयाँ बराबरको सवारीसाधन तथा पार्टपुर्जा आयात गरी यसबाट ७९ अर्ब ८६ करोड ९९ लाख २१ हजार रुपैयाँ राजस्व उठाएको हो । सरकारले विलासी वस्तुहरुको भन्सार कच्चा पदार्थ र आयात नगरी नहुने वस्तुको तुलनामा बढी लिने गर्दछ । जसका कारण सवारीसाधन, पेट्रोलियम पदार्थ, अनावश्यक विद्युतीय उपकरणहरुलगायतका वस्तु आयात गर्दा बढी राजस्व उठ्ने गरेको छ ।

नेपालले पछिल्लो १० महिनामा फलाम तथा फलामजन्य वस्तुको आयातमार्फत २६ अर्ब ५२ करोड ४६ लाख रुपैयाँ राजस्व उठाएको छ । यस अवधिमा नेपालमा विभिन्न देशबाट १ खर्ब ४० अर्ब रुपैयाँ बढीको फलाम आयात भएको तथ्यांकमा उल्लेख छ । १० महिनाको अवधिमा नेपालले विभिन्न भन्सार नाकाहरुबाट रेडियो, टेलिभिजन, मोबाईल सेटलगायतका विद्युतीय उपकरण र मेशिनरीहरुबाट १९ अर्ब ८६ करोड १६ लाख, प्लास्टिकजन्य पदार्थबाट १५ अर्ब ७७ करोड, ठुलो औद्योगिक मेशिनरीबाट १४ अर्ब ६४ करोड, घ्यु, तेल र बोसोबाट १२ अर्ब रुपैयाँ भन्सार राजस्व उठाएको हो । यी वस्तुहरु नेपालले आयात गर्ने वस्तुहरुको सूचीको अग्रस्थापनमा पनि पर्छन् ।

यस्तै नेपाले साउनयता तयारी पोशाकमार्फत ६ अर्ब ३९ करोड, सेरामिक्सका वस्तुमार्फत ५ अर्ब ७७ करोड र बहुमूल्य धातु तथा गरगहनाबाट ५ अर्ब ६५ करोड रुपैयाँ भन्सार राजस्व उठाएको छ । धेरै भन्सार राजस्व उठेका यी १० बस्तुमार्फत मात्रै नेपालले पछिल्लो १० महिनामा २ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ भन्सार राजस्व उठाएको हो । यो रककम नेपालले १० महिनामा उठाएको कुल भन्सार राजस्वको ७२ प्रतिशत हिस्सा हो । नेपालले पछिल्लो १० महिनामा विभिन्न वस्तुहरु आयात गरेवापत ४ खर्ब ५ अर्ब ६० करोड ८२ लाख रुपैयाँ राजस्व उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL