Logo

आयातित नेपाली अर्थतन्त्रलाई अर्को मार : लगातार कमजोर बन्दै नेपाली मुद्रा, डलरको मूल्य हालसम्मकै उच्च

आयातित नेपाली अर्थतन्त्रलाई अर्को मार : लगातार कमजोर बन्दै नेपाली मुद्रा, डलरको मूल्य हालसम्मकै उच्च



काठमाडौं । पछिल्लो समय विश्वबजारमा अमेरिकि डलरको मूल्य लगातार उकालो लाग्दा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । बिहीबार नेपालमा एक अमेरिकी डलरको मूल्य १ सय २४ रुपैयाँ ४४ पैसा पुगेको छ । यो हालसम्मकै उच्च हो । पछिल्लो समय अमेरीकी केन्द्रिय बैंक फेडले ब्याजदर बढाउँदा डलर लगातार बलियो हुँदै गएको छ ।

नेपाली मुद्राको विनिमयदर भारतीय मुद्रासँग स्थिर हुने व्यवस्थाका कारण भारतीय रुपैयाँमा डलरको दबाव पर्दा नेपाली मुद्रा कमजोर हुन्छ । पछिल्लो समय डलरको मूल्य बढ्दै जाँदा नेपाली मुद्रा भने कमजोर बन्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा अमेरिकी एक डलरको विक्री मूल्य १ सय २४ दशमलव ४४ रुपैयाँ र खरिद मूल्य १ सय २३ दशमलव ८४ रुपैयाँ तोकेको छ । अर्थात नेपाली १ सय २४ रुपैयाँ तिरेर १ अमेरिकी डलर खरिद गर्न सकिन्छ ।

यसरी नेपाली मुद्रा कमजोर हुँदै जाँदा नेपालले आयातित सामग्रीका लागि तिर्नुपर्ने रकम उल्लेख्य बढ्ने, आयातको हिस्सा बढ्ने, वैदेशिक मुद्रा संचितिमा झन धेरै दवाव पर्ने विज्ञहरु बताउँछन् । तर, नेपालबाट विदेशमा गएर काम गर्ने श्रमिकहरुले भने नेपालमा डलर पठाउँदा त्यसको मूल्य बढी पाउनेछन् । उनीहरुका लागि भने फाईदा हुने देखिन्छ ।

विश्वभरका केन्द्रिय बैंकहरुले आफ्नो ब्याजदर बढाएपछि यसको प्रत्यक्ष असर डलरको मूल्यमा पर्छ र डलर झन बलियो हुन्छ । पछिल्लो समय अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भले बैंक ब्याजदर बढाएपछि विश्वबजारमै डलर बलियो हुँदै आएको छ ।

यसरी डलरको मूल्य बढ्दा विश्वबजारमा पर्यटन आय बढ्ने, निर्यात व्यापार फस्टाउने, विप्रेषण आय बढ्नेलगायतका फाईदा हुन्छन् । तर, यसले आयात बढाउने, महंगी बढाउने, विदेशमा गएर पढ्ने विद्यार्थीको खर्च बढाउने, विदेशी ऋणको भार थपिनेलगायतका बेफाइदाहरु पनि निम्तिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL