Logo

आजदेखि हप्तामा दुई दिन बिदा, कार्यालय समय बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म

आजदेखि हप्तामा दुई दिन बिदा, कार्यालय समय बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म



काठमाडौं । आजदेखि हप्तामा दुई दिन सरकारी बिदा हुने भएको छ । गत वैशाख १३ गते बसेको मन्त्रिपरिषदको बैठकले जेठ १ गतेदेखि लागु हुनेगरी हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको थियो । आजदेखि अब शनिबार र आइतबार सरकारी बिदा हुनेछ ।

मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्नेछन् ।

पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो । त्यसअनुसार सरकारले सातामा दुई दिन बिदा दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL