Logo

निर्माण व्यवसायीको साधारणसभा अर्को साता, मंसिर २२ गते राष्ट्रिय निर्माण दिवस

निर्माण व्यवसायीको साधारणसभा अर्को साता, मंसिर २२ गते राष्ट्रिय निर्माण दिवस


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता

२० मंसिर, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको १७ औं वार्षिक साधारणसभा तथा अधिवेशन यही मंसिर २६ र २७ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ । झण्डै दुई हजार जना व्यवसायी तथा सरोकारवालाको सहभागीतामा कमलादीस्थित प्रज्ञा प्रतिस्ष्ठान भवनमा साधारणसभा आयोजना हुने महासंघले जनाएको छ ।

‘पूर्वाधार विकास राष्ट्र निर्माणको आधार, बनौ सर्व पक्ष जिम्मेवार’ भन्ने मूल नाराका साथ आयोजना हुने साधारणसभाले नयाँ नेतृत्व समेत चयन गर्ने छ । साधारणसभाले आगामी ३ वर्षका लागि ५५ सदसस्यीय नयाँ कार्यसमितिको चयन गर्ने महासंघका अध्यक्ष जयराम लामिछानेले बताए ।

यसैबीच, महासंघले सातौं राष्ट्रिय निर्माण दिवस यही मंसिर २२ गते मनाउने भएको छ । आफ्नो स्थापनाको अवसर पारेर महासंघले हरेक वर्ष दिवस मनाउँदै आएको छ । ७५ ओटै जिल्लामा रहेका निर्माण व्यवसायी संघ र ५ क्षेत्रका क्षेत्रीय संघको अगुवाईमा देशैभर निर्माण दिवस मनाउने तयारी भइरहेको उनले जानकारी दिए । दिवसको अवसरमा रक्तदान, प्रभावतफेरी तथा अन्तरक्रियालगायतका कार्यक्रम गर्ने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL