Logo

सुनको मूल्य इतिहासकै महंगो, प्रतितोला १ लाख ५ हजार ५०० पुग्यो

सुनको मूल्य इतिहासकै महंगो, प्रतितोला १ लाख ५ हजार ५०० पुग्यो



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक महंगो भएको छ । बजारमा सुनको मूल्य हालसम्मकै उच्च १ लाख ५ हजार ५ सय रुपैयाँ प्रतितोला पुगेको हो । यसअघि गत बर्ष साउन २३ गते सुनको मूल्यले ऐतिहासिक उचाई चुमेको थियो । त्यसबेला नेपाली बजारमा सबैभन्दा बढि १ लाख ३ हजार ५ सय रुपैयाँ प्रतितोला पुगेको सुनको मूल्यले बुधबार भने पुनः ऐतिहासिक उचाई छोएको हो ।

laxmi

बुधबार सुनको मूल्य अघिल्लो दिन मंगलबारको तुलनामा २ हजार ५ सयले बढेको हो । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ थियो ।

पछिल्लो २ हप्तादेखि रुस र युक्रेनबीचको युद्धका कारण विश्वबजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लाग्दो छ । अन्तरराष्ट्रिय बजारमा यसको मूल्य बढेसँग नेपालमा पनि सोही अनुसार बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले जानकारी दिए ।
उनले युद्ध अझै चर्किँदै गएकाले सुनको मूल्य पनि उकालो लाग्ने अनुमान गर्न सकिने बताए ।

अन्तरराष्ट्रिय बजारमा आज सुन बुधबार प्रति आउन्स २ हजार ६० डलरको आसपासमा कारोबार भईरहेको छ । यो मूल्य पछिल्लो १ महिनाको तुलनामा २ सय ३० डलरले बढि हो ।

आज नेपाली बजारमा चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ । चाँदीको मूल्य एकैदिन प्रतितोला ४० रुपैयाँले बढ्दा नेपाली बजारमा यो प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL