Logo

सुनको मुल्य दुइसयले आरालो, विश्वबजारमा भने प्रतिऔंस सुनको मूल्य १२ सय डलर

सुनको मुल्य दुइसयले आरालो, विश्वबजारमा भने प्रतिऔंस सुनको मूल्य १२ सय डलर


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१७ मंसिर, काठमाडौं । हिजोको तुलनामा आज सुनुको मुल्य दुई सयले ओरालो लागेको छ । मंगलबार १७ सयले मृल्य वृद्धि भएको सुन बुधवार तोलाको ५१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
विश्व बजारमा प्रतिऔसत सुनको मूल्य १२ सय डलरमै कायम भएको छ । मंगलवार त्यही परिमाणको सुन १२ सय पाँचभन्दा बढि मूल्यमा कारोबार थिया । बुधवार तेलको मूल्यमा भएको वृद्धिले सुनको मूल्य १२ सय मा पुगेको अन्तराष्ट्रिय सञ्चार माधयमले जनाएका छन ।
डलरको मूल्यमा भइरहेको वृद्धि र अमेरिकी अर्थतन्त्रको सुधारले सुनको कारोबारको क्रममा हेजिङ गरिनु पर्ने सुझाव दिएको छ । हेजिङको क्रममा दुई बस्तुको मूल्यलाई परस्पर लगानीको रुपमा प्रयोग गरिन्छ । एकबाट हुनसक्ने घाटा अर्कोबाट परिपुर्ती गर्ने पद्धती हेजिङ हो ।
सन् २०१५ को छ महिनासम्ममा सुनको मूल्य घटेर ११२५ डलर पुग्ने र बर्ष अन्त्यमा भने मूल्यमा सुधार हुने अनुमान गरिएको छ ।
यता चाँदीको मूल्य स्थिर छ । चाँदी प्रतितोला सात सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL