Logo

कामदार वैदेशिक रोजगारीमा जाने क्रम बढेपनि सुध्रिएन रेमिटान्स आप्रवाह, ५ महिनामा ७ प्रतिशतले घट्यो

कामदार वैदेशिक रोजगारीमा जाने क्रम बढेपनि सुध्रिएन रेमिटान्स आप्रवाह, ५ महिनामा ७ प्रतिशतले घट्यो



काठमाडौं । नेपालमा भित्रने विप्रेषण आप्रवाह ६.८ प्रतिशतले कमी गिरावट आएको छ । चालू आर्थिक बर्षको पहिलो ५ महिनामा जम्मा ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँमात्र रेमिटान्स भित्रिएको छ । तर अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ प्रतिशतले बढेको थियो ।

laxmi

समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा भने उल्लेख्य बढेको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १ लाख ३१ हजार ८२ जना पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९ हजार ५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो ।

कोरोना पछि नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा उल्लेखनीय बृद्धि भएपनि हुण्डी कारोबारी हाबी हुँदा नेपालमा भित्र्ने रेमिटान्समा गिरावट आएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL