Logo

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सयले बढेर ९२ हजार ५०० पुगेको छ ।

त्यस्तै आज तेजाबी सुन तोलाको ९२ हजारमा कारोबार भैरहेको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर तोलाको १२ सय ५५ पुगेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL