Logo

चार वर्षपछि विमक संघमा नयाँ नेतृत्व, सवै पदाधिकारी निर्विरोध चयन

चार वर्षपछि विमक संघमा नयाँ नेतृत्व, सवै पदाधिकारी निर्विरोध चयन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१६ मंसिर, काठमाडौं । लामो समय पछि नेपाल वीमक संघले नयाँ नेतृत्व पाएको छ । सोमबार सम्पन्न संघको साधारणसभाले विजयबहादुर शाहको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । संघको चार वर्ष पछि साधारण सभा भएको हो । नवनिर्वाचित अध्यक्ष शाह एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी हुन् ।

संघको उपाध्यक्षमा लाइफ इन्स्योरेन्स कम्पनी नेपालका प्रमुख कार्यकारी अधिकृत पीआर मिश्र र लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शेखर बराल निर्वाचित भएका छन् । महासचिवमा एलाइन्स इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ निर्वाचित भएका छन् भने कोषाध्यक्षमा पुरडेन्सियल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीके महर्जन निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरुमा नेसनल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. प्रणव सेन, प्र्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिृकत सुधुम्न उपाध्याय, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झा, र नेपाल इन्स्योरेन्स कम्पनीको निमित्त महाप्रबन्धक चन्द्रसिंह साउद निर्वाचित भएका छन् ।

एभरेष्ट इन्स्योरेन्सका तत्कालिन अध्यक्ष केवलकृष्ण श्रेष्ठलाई बीमा समितिले कारवाही गरेपछि बीमक संघको नेतृत्व संकटमा परेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL