Logo

सिटिजन लाइफको सीइओमा पुनः पोषकराज पौडेल नियुक्त, संचालक समितिले गर्याे म्याद थपको प्रस्ताव

सिटिजन लाइफको सीइओमा पुनः पोषकराज पौडेल नियुक्त, संचालक समितिले गर्याे म्याद थपको प्रस्ताव



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पोषकराजन पौडेलले निरन्तरता पाउने भएका छन् । यहि पुस मसान्तबाट सकिने उनको कार्यकाल कम्पनीको संचालक समितिले एक महिना अगाडी नै ४ वर्षको लागि अर्को एक कार्यकाल दिने निर्णय गरेको हो ।

सञ्चालक समितिले कार्यकाल थप गर्ने निर्णय स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको छ । बीमा समितिले स्वीकृति दिए पछि मात्रै उनलाई कम्पनीले आधिकारिक रुपमा कार्यकाल थपको निर्णय गर्नेछ । उनको दोस्रो कार्यकाल यहि माघ एक गतेदेखि सुरु हुनेछ ।

कम्पनीले पौडेललाई २०७४ माघमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । उनले बैंक, बीमा तथा वित्तीय क्षेत्रमा ३ दशक भन्दा लामो समय विताइसकेका छन् । सिटिजनमा आउनु अगाडी पौडेल अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी ‘मेट लाइफ’मा वित्त प्रमुखको रुपमा थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL