Logo

सुनको मूल्य घट्दो लयमा, प्रतितोला ९१ हजार ८०० मा कारोबार हुँदैं

सुनको मूल्य घट्दो लयमा, प्रतितोला ९१ हजार ८०० मा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य घटेको छ । हिजो मंगलबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

laxmi

हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । हिजो प्रतितोला १६०० रुपैयाँले घटेको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL