Logo

विरोध गर्ने क्यानको नयाँ शैली, दबाब दिन इण्टरनेट र एण्टिभाइरस उपहार

विरोध गर्ने क्यानको नयाँ शैली, दबाब दिन इण्टरनेट र एण्टिभाइरस उपहार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१४ मंसिर, काठमाडौं । सरकारसँग विरोध गर्ने उपायहरू के के हुन सक्छन् ? आन्दोलन, चक्काजाम, धर्ना, अनसन अथवा यस्तै केही । तर, कम्प्युटर एसोसिएन अफ नेपाल (क्यान)ले कानुन अनुसार आफ्नो काम गर्न सरकारले चासो नदेखाएको भन्दै नयाँ शैलीको विरोध गर्ने भएको छ । विरोध पनि उपहार दिएर । पत्याउने मुस्किल हुन्छ कुनै पनि संस्थाले आकर्षक उपहार दिएर कुनै विषयमा विरोध गर्छ भनेर ।

तर, क्यानले आफूलाई महासङ्घ बनाउन ऐन अनुसार प्रक्रिया अघि सारेपनि सरकारले सो अनुरूप काम नगरेको भन्दै दबाब दिन उपलब्ध गराउँदै आएको ब्याण्डविथलाई दोब्बर गराउने र एण्टिभाइरस निःशुल्क प्रदान गरेर विरोधको नयाँ शैली अपनाएको छ ।

आइतबार राष्ट्रिय निर्देशन ऐन २०१८ बमोजिम महासङ्घ दर्ताको लागि आवेदन दिएको १ बर्ष पुगिसक्दा पनि त्यसअनुसार प्रक्रिया अघि नबढेको भन्दै क्यानले यस्तो घोषणा गरेको हो । क्यानका अनुसार आन्दोलन र चक्काजाम जस्ता खराब आन्दोलनको प्रवृत्ति छाडेर सकारात्मक दबाब दिन यस्तो कदम चालिएको हो ।

उक्त कार्यक्रम अनुसार आगामी मङ्सिर २० गते सरकारी निकायका कार्यालयहरूलाई इण्टरनेट सेवा प्रदायक सङ्घसँग आबद्ध भई साबिकको इण्टरनेट ब्याण्डविथ भन्दा दोब्बर ब्याण्डविथ उपलब्ध गराउने क्यानको योजना छ । त्यस्तै ध्यानाकर्षण स्वरूप मङ्सिर महिनामा १ बर्ष अवधिको एण्टिभाइरस सफ्टवेयर सम्बन्धित सरकारी निकायमा प्रदान गरिने क्यान अध्यक्ष विनोद ढकालले बताए ।

क्यानले गत बर्षको कात्तिक महिनामा गृह मन्त्रालयमा महासङ्घ दर्ताका लागि आवेदन दिएको थियो । तर, सरकारले आफू भन्दा पछि दर्ता प्रक्रियामा गएका सङ्घसंस्थालाई स्वीकृति दिएपनि आफुलाई बारम्बार समस्या दिएको क्यानको आरोप छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL