GBIME

आइपुग्यो जापान सरकारले दिएको एस्ट्राजेनेका खोप, थप खोप भोलि पनि ल्याइने


बिजखबर संवाददाता
7 August, 2021 12:26 pm

covod khop

काठमाडौं । जापान सरकारले उपलव्ध गराइएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । जापान सरकारले कोभ्याक्स परियोजनाअन्तर्गत नेपाललाई उपलव्ध गराएको खोपको पहिलो खेप काठमाडौं आइपुगेको हो ।

Bajaj
NABIL
YAMAHA

कतार एयरवेजको विमानमार्फत ३ लाखभन्दा बढी डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । जापान सरकारले नेपाललाई १६ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

सोही योजनाअनुसार शनिबार र आइतबार ८ लाख डोज खोप नेपाल भित्रिने बताइएको छ । बाँकी ८ लाख डोज कहिले आउने भन्ने विषय भने टुंगो लागिसकेको छैन । सरकारले आगामी असोज महिनाभित्र १ करोड बढी खोप ल्याउने तयारी गरेको छ ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

MBL