Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ३१ सय ८ जना संक्रमित, २५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ३१ सय ८ जना संक्रमित, २५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १३ हजार १ सय ३५ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ३६ जनाको पिसीआर परिक्षण गरिँदा ४ हजार २ सय ९९ जनाको एन्टीजेन परिक्षण गरिएको थियो ।

laxmi

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको भएको छ । आज १ हजार ५ सय ९५ जना कोरोना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL