GBIME

प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त, शपथ ग्रहणको तयारी हुँदैं


बिजखबर संवाददाता
13 July, 2021 1:56 pm

sher b deuba

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

Bajaj
Nabil
Yamaha

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । सो फैसला अनुसार राष्ट्रपति भण्डारीले आज देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । शपथ ग्रहणको तयारी पनि भईरहेको राष्ट्रपति कार्यालयको सचिवालयले जनाएको छ ।

गएको जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्री पदका लागि दाबी पेश गरेका प्रधानमन्त्री ओली र देउवाको दाबी खारेज गरेको थियो । र सोही रात प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

jagadamba_cement
प्रतिक्रिया दिनुहोस्

Nepal_telecom