Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका २३ सय ७० संक्रमित, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका २३ सय ७० संक्रमित, १८ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय ८९ पीसीआर परीक्षणमा १ हजार ६ सय ९० जना र ३ हजार ८ सय ९५ एन्टिजेन परीक्षण गर्दा सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

laxmi

साथै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणकै कारण १८ जनाको मृत्यु भएको छ भने थप १ हजार १ सय ३३ जना निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५७ हजार १ सय ३९ पुगेको छ । तीमध्ये हालसम्म ९ हजार ४ सय जनाको मृत्यु भएको छ भने ६ लाख २१ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL