Logo

काठमाडौंमा एकहप्तामा जहाजबाट साढे ५८ हजार बढीको ओहोरदोहोर, चार हजार बिदेशबाट नेपाल फर्किए

काठमाडौंमा एकहप्तामा जहाजबाट साढे ५८ हजार बढीको ओहोरदोहोर, चार हजार बिदेशबाट नेपाल फर्किए



काठमाडौं । काठमाडौस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (टीआईए)मा पछिल्लो समय यात्रुको चाप बढ्दै गएको छ । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै गत वैशाख १६ मा जारी गरेको निषेधाज्ञा पूर्ण रुपमा नहटाएको भएपनि टीआइएमार्फत पछिल्लो १ हप्तामा ५८ हजार जना बढीले काठमाडौंमा ओहोरदोहोर गरेका छन् । विमानस्थलका अनुसार अन्तरराष्ट्रिय र आन्तरिक गरी विमानस्थलको मार्ग हुँदै ५८ हजार ६ सय ४२ जनाले ओहोरदोहोर गरेका हुन् । सरकारले करिव ३ महिना लामो दोस्रो चरणको लकडाउनमा आन्तरिक तथा बाह्य हवाई उडान खुलाउँदा गत हप्ताको शुक्रबारदेखि हालसम्म उक्त संख्यामा हवाई यात्रुले ओहोरदोहोर गरेका हुन् ।

laxmi

टीआईएका अनुसार यस अअवधिमा विदेशबाट नेपाल आउनेको संख्या मात्रै ३ हजार ९ सय ८९ जना छ । अन्तरराष्ट्रिय उडान खुल्नुपूर्व विभिन्न चार्टर्ड प्लेनबाट नेपाल आउने विदेशमा बस्ने नेपालीहरु उडान खुलेसँगै बढेको टीआईएका प्रवक्ता देवचन्द्रलाल कर्ण बताउँछन् । उनका अनुसार गत २१ गते त विदेशबाट एकैदिन ८८४ जना नेपाल भित्रीएका थिए ।

यस्तै यस अवधिमा नेपालबाट विदेश जानेको संख्या पनि उत्तिकै छ । पछिल्लो एक हप्तामा टीआईएको बाटो हुँदै २ हजार ४ सय ५३ जना बाहिरिएका छन् । यसरी अन्तरराष्ट्रिय हवाउ उडान सेवामार्फत पछिल्लो १ हप्तामा ६ हजार ४ सय ४२ जनाले ओहोरदोहोर गरेका हुन् । यता आन्तरिकतर्फ भने यस अवधिमा टीआईएमार्फत ५४ हजार २ सय जनाले ओहोरदोहोर गरेको तथ्यांकले देखाउँछ ।

विमानस्थलको तथ्यांकअनुसार पछिल्लो समय आन्तरिक हवाई यात्रुमा चाप परेपछि सबै कम्पनीका जहाजहरु फुल अकुपेन्शीमा चलिरहेका छन् । जसका कारण एक हप्तामै काठमाडौंबाट बाहिरिने र भित्रिने यात्रुको संख्या उच्च छ । पछिल्लो समय जारी निषेधाज्ञा र प्राकृतिक प्रकोपका कारण भने आन्तरिक हवाईयात्रुहरु लगातार बढिरहेको विमानस्थलका प्रवक्ता कर्णले बिजखबरलाई जानकारी दिए । उनका अनुसार देशभरका सडकहरु लगातार परिरहेको पानीका कारण अस्तव्यस्त भएपछि आन्तरिकतर्फ हवाई यात्रुको संख्या बढिरहेको छ ।

यसरी हेर्दा पछिल्लो हप्ता हरेकदिन साढे ७ हजार यात्रुहरु त्रिभुवन विमानस्थलमार्फत देशभर ओहोरदोहोर गर्ने गरेको देखिन्छ । जसमा काठमाडौंबाट बाहिरिने भन्दा भित्रिनेको संख्या बढि छ । सरकारले काठमाडौंबाट बाहिर जानका लागि विभिन्न शर्तसहित लामो दूरीका सार्वजनिक सवारीसाधन चलाउन दिएपनि काठमाडौं भित्रिने सवारीलाई भने कडाई नै छ ।

यसरी काठमाडौं आउने यात्रुहरु स्थलमार्गमार्फ आउन नपाउने भएपछि हवाईमार्गको बाटो रोजेको आन्तरिक वायुसेवा कम्पनीहरु बताउँछन् । उनीहरुका अनुसार पछिल्लो समय प्लेनहरु फुल अकुपेन्शीमा चलिरहेका छन् । लामो दुरीका सार्वजनिक सवारीसाधन तलाउन नदिएपनि आन्तरिक र बाह्य हवाई उडान भने पुर्ण रुपमा खुलेजस्तै भएका छन् ।

आजदेखि आन्तरराष्ट्रिय उडानसंख्या बढ्यो यात्रुहरुको चाप बढ्दै गएपछि आन्तरिकतर्फ पुर्णमात्रामा हवाई उडान संचालन गर्न अनुमति दिएको नागरिक उड्डयन प्राधिकरणले अन्तराष्ट्रियतर्फ पनि यो हप्ता ५३ उडान हुनेगरी अनुमति दिएको छ । यसअघि हप्तामा २४ उडानका लागि मात्रै उडान अनुमति पाएका बायुसेवा कम्पनीले अब भने विभिन्न देशमा हप्तामा ५३ उडान गर्नेछन् । आजैदेखि लागु हुनेगरी प्राधिकरणले कम्पनीहरुलाई उडान अनुमति दिएको हो ।

करिव ३ महिनादेखि बन्द आन्तरिक तथा बाह्य हवाई उडान सेवा अघिल्लो हप्ताको बिहीबारदेखि खुलेको हो । सुरुमा आन्तरि र बाह्यतर्फ आंशिक मात्रै खुलाईएको उक्त सेवा अब भने पुर्ण रुपमा खुलेजस्तै भएको छ । आन्तरिकतर्फ यात्रुको चाप बढी र जहाज कम भएपछि वायुसेवा कम्पनीहरुलाई उडान कोटा थप गर्न आग्रह गरेपछि सरकारले आजैदेखि लागु हुनेगरी आन्तरिकतर्फ अब पूर्ण रुपमा उडान हुने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL