GBIME

सरकारले गर्यो चीनबाट कोरोनाविरुद्धको भेरोसेल खोप खरीद गर्ने सम्झौता, मूल्य र संख्या गोप्य


बिजखबर संवाददाता
3 July, 2021 9:10 am

Verocell covid vaccine

काठमाडौँ । सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोरोनाविरुद्धको खोप खरिदको सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको जानकारी दिएको हो ।

Bajaj
NABIL
YAMAHA

असार २४ गतेबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने मन्त्रालयका प्रवक्ता प्रवक्ता डा। कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । तर कति खोप आपूर्तिका लागि कति मूल्यमा सम्झौता भएको खुलाएका छैनन् ।

मन्त्रालयका अनुसार हालसम्म कूल ४२ लाख ४८ हजार मात्रा खोप नेपालले प्राप्त गरिसकेको छ । अहिलेसम्म २५ लाख ७४ हजार ७१५ ९९ प्रतिशत०ले पहिलो मात्रा र ७ लाख ५७ हजार ३८० जनाले ९३ प्रतिशत०ले दोस्रो मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइसकेकोे विज्ञप्तिमा उल्लेख छ ।

sarbottam

प्रतिक्रिया दिनुहोस्

MBL