Logo

बाढीको वितण्डा : चितवनमा बाबा ग्यास उद्योगमा खोला पस्यो, धादिङमा ह्वासिन सिमेन्ट उद्योगमा क्षति

बाढीको वितण्डा : चितवनमा बाबा ग्यास उद्योगमा खोला पस्यो, धादिङमा ह्वासिन सिमेन्ट उद्योगमा क्षति



काठमाडौं । खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पुर्याएको छ ।

laxmi

कयर खोलाले उद्योगमा क्षति पुर्याएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर वगाएका छन् । उनले भने, “यहाँका सिलिण्डर वगाएर सौराहा सम्म पुगेका छन् ।” वाढीले उद्योगको संरचनामा नोक्सान पुर्याएको छ ।

उद्योगमा १० देखि १५ हजार सिलिण्डर रहन्छ । के कति सिलिण्डर वगायो र अरु नोक्सान कति भयो भन्ने बारेमा एकिन भइसकेको छैन । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निरन्तरको वर्षाले पूर्वी चितवनको खैरहनीसँगै रत्ननगर, राप्ती र कालिका नगरपालिका प्रभावित भएको बताए ।

ह्वासिन सिमेन्ट उद्योगमा बाढीले क्षति

यस्तै धादिङमा नेपालकै ठूलो निर्माणाधीन सिमेन्ट उद्योग बेनीघाट रोराङ गाउँपालिका–२ महादेवस्थानस्थित ह्वासिन सिमेन्ट उद्योगलाई बाढीले क्षति पुर्याएको छ ।

कम्पनीको छेउमै रहेको मलेखु खोलामा आएको बाढी उद्योगमा पसेको हो । उद्योगको छेउछाउमा भएको सामान बगाएको छ । उद्योगको मुख्य भागमा बाढीले पुरेको प्रत्यक्षदर्शी अप्सरा मैनानीले बताइन ।

सो स्थानमा रहेको सीताराम गुरुङले सञ्चालन गर्दै आएको होटल बगाएको छ । अरु दुई होटलमा पनि बाढी पसेको छ । सिमेन्ट उद्योगको तल्लो भागतिरका जग्गामा पनि बाढीले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

निर्माणाधीन सिमेन्ट कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ मजदुरलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए । क्षतिको यकिन विवरण आउन बाँकी छ । अघिल्लो वर्षको बाढीले पनि सिमेन्ट कम्पनीमा ठूलो क्षति पु¥याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL