Logo

अघि बढ्यो नयाँ ब्रोकर थप्ने प्रक्रिया : पब्लिक कम्पनीले मात्रै लाइसेन्स पाउने, पुरानालाई पनि पब्लिकमा लगिने

अघि बढ्यो नयाँ ब्रोकर थप्ने प्रक्रिया : पब्लिक कम्पनीले मात्रै लाइसेन्स पाउने, पुरानालाई पनि पब्लिकमा लगिने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर थप गर्ने प्रक्रिया अघि बढाएको छ । पछिल्लो समय सेयर बजारमा लगानीकर्ता थपिनुका साथै कारोबार रकमसमेत उच्च बढेसँगै नयाँ ब्रोकर थप गर्न माग उठ्दा बोर्डले नयाँ ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढाएको हो ।

laxmi

हाल नयाँ सेयर ब्रोकर थप गर्ने प्रक्रिया अघि बढेको र केही समयभित्रै आवेदन माग गरिने बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए । उनका असुसार बोर्डले प्रादेशिक रुपमा नयाँ सेयर ब्रोकरको लाईसेन्स जारी गर्ने भएको छ । सेयर बजारको विकासका साथै विस्तार गर्नका लागि प्रादेशिक स्तरमा लाईसेन्स जारी गर्न लागिएको समेत बोर्डले जानकारी दिएको छ ।

लगानीकर्तालाई सहज रुपमा सेवा सुविधा प्रदान गर्न बैंकको सहायक कम्पनीलाई ब्रोकर वा नयाँ ब्रोकर थप गर्ने विषयमा छलफल अघि बढिरहँदा बोर्डले भने सेवालाई विकेन्द्रिकण गर्ने नीति अनुरुप प्रादेशिक स्तरमा ब्रोकर लाईसेन्स दिन लागेको हो । हाल भइरहेको छलफल अनुसार एउटा प्रदेशमा कम्तीमा ५ ओटा ब्रोकर थप गर्ने गरी ७ ओटै प्रदेशमा नयाँ ब्रोकर लाईसेन्स दिन लागिएको बोर्डले जानकारी दिएको छ ।

बोर्डले विस २०६८ सालमा २७ ओटा ब्रोकर थप गरेसँगै त्यसयता नयाँ ब्रोकरको लाइसेन्स खुला गरेको थिएन । तर १० बर्षको अबधिमा बजारमा लगानीकर्ताहरु धेरै गुणाले बढेको र सोही अनुरुप पूँजी बजार पनि विकास भएका कारण नयाँ ब्रोकर थप गर्न लागिएको बोर्डले जानकारी दिएको छ । बोर्डले २०६८ सालमा २७ ओटा नयाँ ब्रोकरलाई लाईसेन्स दिएर ब्रोकर संख्या ५० पुर्याएको थियो । पब्लिक कम्पनीलाई मात्रै ब्रोकर लाईसेन्स बोर्डले नयाँ व्यवस्था अनुसार पब्लिक कम्पनीलाई मात्रै ब्रोकर लाईसेन्स दिने भएको छ । ब्रोकर कम्पनीमा सबैभन्दा बढी लगानीकर्ताको सहभागिता गराउनका लागि बोर्डले पब्लिक कम्पनीलाई मात्रै ब्रोकर लाईसेन्स दिन लागेको हो ।

प्राइभेट कम्पनीको रुपमा एउटै व्यक्तिलाई मात्रै लाईसेन्स दिँदा त्यसमा सीमित व्यक्तिको मात्रै सहभागिता हुने भएकाले बढि सहभागितामुलक बनाउनका लागि पब्लिक कम्पनीलाई मात्रै ब्रोकर लाइसेन्स दिन लागिएको धितोपत्र बोर्डले जानकारी दिएको छ । तर, ब्रोकरलाई पब्लिक कम्पनीमा लैजानका लागि नियमावलीमा परिमार्जन गर्नुपर्ने भएकाले त्यसलाई समेत संसोधनका लागि पेश गरिएको बोर्डको भनाई छ । हालको व्यवस्थाअनुसार एउटै व्यक्तिले एउटा ब्रोकर संचालन गर्दै आएको छ । तर, पब्लिक कम्पनीमा गएपछि एउटा ब्रोकर सचालनका लागि ७ जना लगानीकर्ता चाहिने छ ।

पब्लिक कम्पनीमा लैजान ब्रोकरहरुले धेरै लगानीकर्ता बनाउने नाममा चलाखीपूर्ण तरिकाले डमीको रुपमा आफन्तलाई मात्रै राख्न सक्ने भएकाले त्यसरी लगानीकर्ता थप गर्दा एकाघरका व्यक्तिलाई राख्न नपाउने व्यवस्थासमेत गर्न लागिएको बोर्डले जानकरी दिएको छ ।

पुराना ब्रोकरलाई पनि पब्लिक कम्पनीमा लगिने

बोर्डले पब्लिक कम्पनीलाई मात्र ब्रोकर लाईसेन्स दिनुका साथै हाल भैरहेको ब्रोकरलाई पनि पब्लिकमा लैजाने भएको छ । ब्रोकर कम्पनीलाई सहभागितामुलक बनाईनुका साथै यसको क्षेत्रसमेत विस्तार गर्नका लागि नयाँसँगै पुराना कम्पनीलाई पनि पब्लिकमा लगिने बोर्डले जानकारी दिएको छ । ‘नयाँ आउनेलाई पब्लिक र पुरानालाई प्राईभेटमै छाड्ने कुरा हुँदैन,’ बोर्ड स्रोतले भन्यो, ‘नयाँसँगै पुराना ब्रोकर कम्पनीलाई पनि पब्लिकमा लैजान छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL