Logo

कोरोना विरुद्धको ४२ लाख ४८ हजार डोज खोप नेपाल भित्रियो, हालसम्म कति प्रयोग भयो ?

कोरोना विरुद्धको ४२ लाख ४८ हजार डोज खोप नेपाल भित्रियो, हालसम्म कति प्रयोग भयो ?



काठमाडौं । नेपालमा हालसम्म कोरोना भाईरस विरुद्धको ४२ लाख ४८ हजार डोज खोप आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म कोभिसिल्ड २४ लाख ४८ हजार र भेरोसेल १८ लाख डोज खोप आयात भएको हो ।

विभागका अनुसार हालसम्म आयात भएको कोभिसिल्ड खोप मध्ये भारतबाट अनुदानस्वरुप १० लाख डोज खोप आयात गरेको हो । यस्तै १० लाख डोज कोमिसिल्ड खोप खरिदसमेत गरेको छ भने नेपाली सेनालाई १ लाख डोज खोप सहयोगमार्फत आएको थियो । साथै कोभ्याक्स सुविधा अन्तर्गत ३ लाख ४८ हजार डोज कोभिसिल्ड नेपाल आयात भएको तथ्यांकमा उल्लेख छ ।

यस्तै नेपालले आयात गरेको भेरोसेल खोपमध्ये चीन सरकारको अनुदानस्वरुप १० लाख र तिब्बत सरकारको सहयोगस्वरुप २ लाख डोज खोप प्राप्त भएको नेपालमा हालसम्म आयात भएको कोभिसिल्ड खोपमध्ये १८ लाख २३ हजार ६ सय ३६ जना नेपालीले यसको पहिलो डोज पाएका छन् भने ४ लाख ११ हजार ६ जनाले खोपको दोस्रो डोज लगाईसकेका छन् । अब यसको १ लाख १९ हजार १ सय ३२ डोज खोप लगाउन बाँकी छ भने १४ हजार १ सय ९९ डोज खोप खेर गएको देखिन्छ ।

साथै भेरोसेलको ३ लाख ७३ हजार ९ सय ९४ डोज खोप नागरिकलाई लगाईएको छ भने २ लाख ८० हजार ४ सय ८८ डोज दोस्रो चरणको खोप लगाईएको छ । यस्तै खोप लगाउँदा लगाउँदै १४ हजार १ सय ९९ डोज खोप भेरोसेल खेर गएको छ । अब ११ लाख ४५ हजार ५ सय १८ डोज खोप लगाउन बाँकी रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL