Logo

थप एक साता लम्बियो निषेधाज्ञा, यी सेवाहरु भने खुल्ने

थप एक साता लम्बियो निषेधाज्ञा, यी सेवाहरु भने खुल्ने



काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । उपत्यकाका तिनै प्रमुख जिल्ला अधिकारीको गत हप्ता बसेको बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको थियो । जसलाई आज बसेको बैठकले एक हप्ता लम्ब्याउने निर्णय गरेको हो । अझै पनि कोरोना भाईरसको महामारी अझै उस्तै रहेको बताउँदै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई एक हप्ता थप्ने निर्णय गरेको हो ।

तर संक्रमण दर कम हुँदै गएकाले निषेधाज्ञालाई भने केही खुकुलो पारिएको छ । अब थपिएको निषेधाज्ञामा तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् भने होम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् । साथै अब पुस्तक पसलहरु पनि बिहान ११ बजेसम्म खोल्न पाईने र अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL