Logo

कुनैपनि प्रयोजनको लागि असार १ गतेदेखि सडक खन्न नपाइने, जबर्जस्ती गरे कडा कारवाही

कुनैपनि प्रयोजनको लागि असार १ गतेदेखि सडक खन्न नपाइने, जबर्जस्ती गरे कडा कारवाही



काठमाडौं । सरकारले अब जथाभावी हुँदै आएको सडक खन्ने कार्यमा रोक लगाउने भएको छ । सरकारले असार १ गतेदेखि नै सडक खन्न नदिने भएको हो । वर्षायाममा सडक खन्दा तत्काल मर्मत सम्भार गरि यथास्थितिमा ल्याउन नसकिने र सडक पनि बिग्रने भएकाले सडक बिभागले सडक खन्न नदिने

laxmi

अब असार १ गतेदेखि कुनै पनि धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्न पाइने छैन । विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले २०७८ साल असार १ गतेदेखि देखि २०७८ साल भदौ मसान्तसम्म कार्यालय अन्तर्गतका सडक डिभिजनहरु मातहतका कुनै पनि सडक खन्नको लागि स्वीकृति नदिने भएको हो ।

कसैले जबर्जस्ती सडक खने सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारवाही गरिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL