Logo

आतंकवाद र मानववेचविखन समस्याको रुपमा अघि बढेको तोग्बेको भनाइ

आतंकवाद र मानववेचविखन समस्याको रुपमा अघि बढेको तोग्बेको भनाइ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१० मंसिर, काठमाडौं । पछिल्लो समय आतंकवाद, गरीबी निवार तथा मानव बेचबिखन समस्याको रुपमा रहेको भुटानी प्रधानमन्त्री छिरिङ तोग्बेले बताए । यसलाई समाधान गर्न सवै सदस्य राष्ट्र एक भएर अघि बढ्नुपर्ने उनको धारण थियो ।

वातावरण परिवर्तन मुख्य समस्याको विषय बनेको बताउँदै वातावरणीय असन्तुलनबाट हुने समस्या समाधान गर्न अग्रसर हुनुपर्ने उनले बताए । पछिल्लो समय गरीबी निवारण दिर्घकालिन समस्याको रुपमा अघि आएको जानकारी गराए ।

उनले आफ्नो देशको ९० प्रतिशत जनतामा प्राथमिक स्वास्थ्य सेवा पु¥याएको जानकारी दिए । तर, १२ प्रतिशत जनसंख्या अझै गरिबीको रेखा मुनी रहेको उनको भनाइ थियो । गरिबीको रेखा कम गर्न आफु लागिपरेको बताए ।

विकासको लागि क्षेत्रीय रेल्वेको विकास गर्नुपर्ने उनको भनाइ थियो । साथै, आतंकवाद सवैको साझा समस्याको रुपमा रहेको बताए । सार्क सम्मेलनको प्रतिबद्धता नै आतंकवाद निर्मूल गर्ने हुनुपर्छ । आफुहरु शान्ति पक्षधर भएको बताउँदै आगामी दिनमा शान्ति स्थापनामा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL