Logo

बाजेको सेकुवा लाजिम्पाटमा पनि, बिहीवारदेखि सञ्चालनमा आउने

बाजेको सेकुवा लाजिम्पाटमा पनि, बिहीवारदेखि सञ्चालनमा आउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बाजेको सेकुवाका पारखीहरुले अव लाजिम्पाटमा पनि सेवा लिन पाउने भएका छन् । रेष्टुरेन्टले बिहीवारदेखि लाजिम्पाटमा सेवा दिन लागेको हो ।

फ्रेन्चाइजि मोडलमा आधारित सो साखा उपत्यकाको तेस्रो फ्रेन्चाइज हो । हाल ५ ओटा पूर्ण स्वामित्वमा सन्चालित शाखासँगै १० ओटा शाखा सञ्चालनमा छन् । बाजेको सेकुवाको पहिलो फ्रेन्चाइज पोखराको नागढुंगामा सञ्चालनमा छ ।

रेष्टुराँको फ्रोन्चाइजहरु बाजेको भेन्चर नामक कम्पनिको व्यवस्थापन अन्तर्गत सञ्चालन गरिएको छ । अध्यक्ष चेतन भण्डारीका अनुसार घरेलु कम्पनीको फ्रेन्चाइज मोडलमा सञ्चालन गर्ने पहिलो कम्पनी हो ।

बाजेको भेन्चरले सुपरमार्केट तथा खुद्रापसलमार्फत प्याकेज्ड मिट बजारमा ल्याउने तयारी गरिएको जानकारी दिए । साथै ११ औं फ्रेन्चाइज निकट भविष्यमै कलंकीमा सञ्चालनमा ल्याउने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL