Logo

ब्लुबुकलाई स्मार्टकार्डमा रुपान्तरण गरिने,आगामी आवदेखि प्रयोगमा ल्याइदै

ब्लुबुकलाई स्मार्टकार्डमा रुपान्तरण गरिने,आगामी आवदेखि प्रयोगमा ल्याइदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी धनी प्रमाणपत्र ब्लुबुक लाई पनि स्मार्ट कार्डमा रुपान्तरण गर्ने भएको छ । सोमबारदेखि सवारी चालक अनुमतिपत्रमा स्मार्टकार्ड प्रणाली लागू गरेसँगै विभागले ब्लु(बुकलाई पनि उच्च प्रविधियुक्त विद्युतीय कार्डमा रुपान्तरण गर्ने योजना बनाएको हो ।

ब्लुबुक लाई आगामी आर्थिक बर्षदेखि स्मार्टकार्डमा रुपान्तरण गर्न लागिएको बताइएको छ ।

स्मार्ट ब्लु(बुक क्रेडिट काडको आकोरको हुन्छ । पोलिकार्बोनेटबाट बन्ने भएकाले टिकाउ, बलियो र बोक्न सजिलो हुने विभागले जनाएको छ ।

स्मार्ट ब्लु(बुक प्रयोगमा आएपछि ब्लु(बुक च्यातिने र विवरण मेटिने समस्याहरु हट्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL