Logo

सरभाइभर्स नेपालको साधारण सभा सम्पन्न, नयाँ कार्यसमितिको अध्यक्षमा कोइराला

सरभाइभर्स नेपालको साधारण सभा सम्पन्न, नयाँ कार्यसमितिको अध्यक्षमा कोइराला


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । सरभाइर्भस नेपालको पहिलो बार्षिक साधारण सभा सम्पन्न भएको छ । सो कार्यक्रमको उद्दघाटन हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुण सिंह वस्नेतले गरका थिए । सरभाइर्भस नेपाल गत बैशाखबाट सञ्चालनमा आएको हो ।

प्रथम साधाराण सभामा संस्थाका अध्यक्ष तथा सह संस्थापक सुशिल कोइरालाले हालसम्म गरेका कार्यहरुको जानकारी गराएका थिए । साथै संस्थाको आगामी योजना तथा प्रतिबद्धताहरुको व्याख्या गरे । यसैगरी संस्थापक कोषाध्यक्ष तथा सह संस्थापक निराकार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

पहिलो वार्षिक साधारण सभाले सुशिल कोइरालाको अध्यक्षतामा पुर्ण कार्यकारी समितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा निराकार श्रेष्ठ,कोषध्यष आर. सि. लोहनी र सचिव डा. पुजन राई मनोनित भएका छन् । त्यस्तै सदिश श्रेष्ठ, वविता सेढाई र विवेक भण्डारी सदस्यमा चुनिएका छन् ।

DSC03036सभाले कार्यकारी निर्देशकमा जयराम पुडासैनीलाई नियुक्त गरिएको छ ।कम्पनीले भुकम्प गएको चार दिन भित्र राहत सहायता, त्रिपाल, स्वास्थ्य चिकित्सक सेवा आदि प्रदान गरेको थियो । सरभाइभर्सले आफ्नो स्थापनाकालदेखि भुकम्प प्रभावित ८ जिल्लाहरुमा राहत पुनः निर्माण तथा स्वास्थ्य क्षेत्रमा काम गर्नुका साथै सिन्धुपाल्चोक जिल्लाका ८ वटा स्कुल निर्माण गर्ने कार्यमा संलग्न छ ।

यसवाहेक अष्टेलियन दुतावास अन्तर्गतको डीएपी कार्यक्रमस“ग आवद्ध भई मानसिक स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रम पनि सुरुवात गरेको छ । संस्थाले हाल अस्थायी स्कुलहरुको निर्माण,स्कुलहरुमा सफा पिउने पानीको व्यवस्थापन, प्रकोप पश्चात हुन सक्ने स्वास्थ्य समस्या र प्राथमिक उपचारलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL