सोमवार अत्यावश्यक सवारीलाई तेल, ३६ हजार लिटर पेट्रोल बाँडिदै


बिजखबर संवाददाता
30 November, 2015 1:51 pm

काठमाडौं । नेपाल आयल निगमले सोमवार थानकोट डिपोबाट ३६ हजार लिटर परिमाणको पेट्रोल वितरणका लागि पम्पहरुमा पठाएको छ ।

FoneLoan-250x250
yamaha

आज औषधीका गाडि, एम्बुलेन्स, दमकल, सव वहान, फोहोरमैला बोक्ने सवारी साधनले इन्धन पाउने छन्। त्यस्तै कुटनीतिक नियोगका गाडीहरु र स्कूल बसहरुले आज इन्धन पाउने छन् ।

लामो दुरीका सार्वजनिक बस, पुरानो बसपार्कबाट छुट्ने सबै बस, हेटौंडाका लागि छुट्ने टाटा सुमो, ट्रिपर तथा ट्रक र लोकल रुटका सार्वजनिक सवारी साधनले आज इन्धन पाउने निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्