Logo

लैंगिक असमानता हुने राष्ट्रको दोश्रो स्थानमा नेपाल, समान काममा महिलालाई कम तलव

लैंगिक असमानता हुने राष्ट्रको दोश्रो स्थानमा नेपाल, समान काममा महिलालाई कम तलव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अति कम विकशित राष्ट्रहरुमध्ये नेपाल अत्याधिक लैंगिक असमानता भएको राष्ट्रमा सूचीकृत भएको छ ।  लैंगिक असमानता हुने अतिकम विकशित राष्ट्रमध्ये ३१ अंकका साथ नेपाल दोश्रो स्थानमा परेको हो । नेपालमा समान काममा पुरुषलाई भन्दा महिलालाई कम तलव दिने चलन चलि आएको छ ।

युनाइटेड नेशन कन्फिरेन्स अन ट्रेड एण्ड डेभलपमेन्टले बुधवार सार्वजनिक गरेको ‘ट्रान्सफरर्मिङ रुरल इकोनोमिक्स नामक रिपोर्टले यस्तो देखाएको हो ।

रिपोर्टका अनुसार लैंगिक असमानता हुने पहिलो राष्ट्रमा ३९ अंकका साथ यमन सूचिकृत भएको छ । त्यस्तै मदागास्कर तेस्रो र इथोपिया चौथो स्थानमा पर्ने सो रिपोर्टले देखाएको छ । तान्जेनिय १० अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

रिपोर्टमा विश्वका ४८ राष्ट्रलाई अतिकम विकशित राष्ट्रको सूचिमा राखिएको छ  । त्यसमध्ये एसियाका ९, अफ्रिकाका ३४, क्यारिवियनको १ र प्यासिफिकका ४ ओटा राष्ट्र पर्छ्न ।
अतिकम विकशित ४८ राष्ट्रमध्ये नेपाल र बंगलादेशका २५ देखि ४० प्रतिशत जनताले कृषि पेसाबाट तलव बुझ्ने गरेको सो रिपोर्टले देखाएको छ । जवकी अफ्रिकाका अतिकम विकशित राष्ट्रहरुमा कृषि पेसाबाट तलव बुझ्नेको संख्या ५ देखि २० प्रतिशत मात्र छ ।   अफ्रिकी राष्ट्रहरुमा स्वरोजगारबाट पैसा कमाउनुलाई प्राथमिकतामा राखिन्छ  ।

युनाइटेड नेशन कन्फिरेन्स अन ट्रेड एण्ड डेभलपमेन्टका आर्थिक सल्लाहकार बासुदेव गुहाका अनुसार बढ्दो जनसंख्या त्यस्ता राष्ट्रहरुको चुनौती बनेको छ । जनसंख्या बढ्दै जाँदा सेवा सुविधा तथा आवश्यकता पनि बढ्ने भएकोले यस्ता राष्ट्रको तिव्र विकासमा बाधा परेको उनले जानकारी दिए ।

गुहाका अनुसार विशेषगरी अतिकम विकशित राष्ट्रहरुमा शहरमा बस्नेको चाप बार्षिक रुपमा बढ्दै गएको छ । सो रिपोर्टका अनुसार ७० प्रतिशत भन्दा बढी जनता शहरमा बस्छन् ।
ग्रामिण क्षेत्रका जनता गरिवीको मारमा परेको रिपोर्टले देखाएको छ । गाउँमा बस्ने ५० प्रतिशत भन्दा बढी जनताले विजुली बत्तीको पहुँच भन्दा बाहिर छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL