Logo

पर्यटन क्षेत्रका ८० प्रतिशत रोजगारी कटौती, मुल्यबृद्धि दोहोरा अंकको हुने निश्चित

पर्यटन क्षेत्रका ८० प्रतिशत रोजगारी कटौती, मुल्यबृद्धि दोहोरा अंकको हुने निश्चित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नाकाबन्दीले पर्यटन क्षेत्रमा ८० प्रतिशत रोजगारी कटौती भएको सरोकारवालाहरुले बताएका छन् । मंगलवार राजधानीमा आयोजीत ‘आर्थिक संकटका सिकाईहरुः प्रभाव र पाठहरु’ बिषयक अन्तक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्माले भुकम्पपछि केहि तंग्रिएको पर्यटन क्षेत्र नाकाबन्दीले ठप्प बनाएको बताए । सो अवसरमा उनले तस्करी र कालोबजारीले अनौपचारिक अर्थतन्त्रको आकार बढ्ने र त्यसले मुल्यबृद्धि लगायतका विकृति निम्त्याउने बताए ।

कार्यक्रम सामाजिक सम्बादका लागि सहकार्य र नेपाल इकोनोमिक फोरमले संयुक्त रुपमा आयोजना गरेको हो ।

विज्ञहरुले सरकारले मानवीय विपत्ति सामना गर्ने रणनीति तयार पार्न आवश्यक रहेको बताए । सोही कार्यक्रममा बोल्दै पूर्व बाणिज्य सचिब पुरुषोत्तम ओझाले गत तिन महिना ( साउन, भदौ र असोज) मा आयात ३४ प्रतिशत र निर्यात २६ प्रतिशतले घटेको र यसको असर समग्र अर्थतन्त्रमा पर्ने बताए । ‘उत्पादनमुलक उद्योगहरुको लागि अत्यावश्यक कच्चा पदार्थहरुसमेत आयात हुन नसकेकोले औद्योगिक विकासमा दीर्घकालिन प्रभाव पर्छ ’ उनले भने ।

आर्थिक नाकाबन्दीपछी देशमा कालोबजारी र माफिया मौलाएको चर्चा गरे । साथै पेट्रोलियम पदार्थको कारोबारमा मात्र एक महिनामा झण्डै रु. २ सय ८८ करोड बराबरको कारोबार अर्थतन्त्रको औपचारिक बाहिर भएको उल्लेख गरे । ‘यसले मुल्य बृद्धिमा प्रत्यक्ष प्रभाव पर्छ र अव नेपालको मुल्यबृद्धि दोहोरा अंकको हुने निश्चित छ, उनले भने ।

अहिलेको नाकाबन्दीको समस्या देशभित्रको राजनैतिक समस्यासँगै छिमेकी राष्ट्रसँगको सम्बन्ध र भुपरिबेष्ठित राष्ट्रको अधिकारको कुरासँग समेत सम्बन्धित रहेको ओझाले बताए ।

कार्यक्रममा मधेशका आर्थिक समस्याहरु बारे बोल्दै डा सुरेन्द्र लाभले मधेशमा रहेका उद्योगहरु कतिपय बन्द हुने क्रममा रहेका र कतिपय बन्द भइसकेका जानकारी दिए । साथै धेरै उद्यमीहरु प्लायन हुने अवस्था रहेको बताए । उनले प्रदेश नम्बर दुईका आठवटा जिल्लाहरु मानव विकास सुचकांकमा अझै तल झर्ने खतरा औंल्याए ।

नेपाल युवा उद्यमी मञ्च र नेपाल उद्योग बाणिज्य महासंघसँग आवद्ध उद्योगपति अजय प्रधानाङ्गले कच्चा पदार्थ भारतबाट ल्याएर चलिरहेका निर्यातमुखि उधोगहरु संकटमा परेका बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL