Logo

सिंचाई मन्त्रीलाई केही भन्नु छ ? फोन गर्नुहोस

सिंचाई मन्त्रीलाई केही भन्नु छ ? फोन गर्नुहोस


बिजखबर संवाददाता
0
Shares

काठमाडौं ।  सिञ्चाई मन्त्री उमेशकुमार यादवले ‘हेलो सिञ्चाई मन्त्री’ नामक जनसम्वाद कार्यक्रम शुरु गरेका छन् । यादवले जनतासँग प्रत्यक्ष सम्वाद स्थापित गर्ने उद्देश्यका साथ कार्यक्रम शुरु गरेका हुन् ।

मन्त्री यादवले शुक्रबार टेलिफोनमा जनतासँग प्रत्यक्ष सम्वाद गरी ‘हेलो सिञ्चाईं मन्त्री’ नामक कार्यक्रमको सुभारम्भ गरेका थिए । मन्त्री यादवले शुक्रबार पहिलो फोनकर्ता मोरङका बालकृष्ण अधिकारीसँग प्रत्यक्ष सम्वाद गरी जनसम्वाद कार्यक्रमको उद्घाटन गरेका हुन् ।

जनसम्वादका लागि सिंहदरबारस्थित मन्त्रालयको टेलिफोन नम्बर ०१–४२००२१५ छुट्टाइएको छ ।

मन्त्रालय मातहतको निकाय, मातहतका विभाग, आयोजना र कार्यालयको सरोकारसँग जोडिएका विषयवस्तुका सम्बन्धमा जनताले आफ्ना सल्लाह सुझाव र गुनासा राख्न सक्नेछन् ।

यो कार्यक्रम सार्वजनिक विदा बाहेकका दिन दिउँसो १ बजेदेखि २ बजेसम्म दैनिक १ घण्टा लागु गरिने बताइएको छ । जसमा महीनाको दुई दिन मन्त्री आफैंले जनतासँग प्रत्यक्ष सम्वाद गर्नेछन् भने अन्य दिन मन्त्रालयको निजी सचिवालयले जनताका सल्लाह, सुझाव र गुनासा सुनेर मन्त्रीसमक्ष पु¥याउने छन् ।

मन्त्रालयले निकट भविष्यमा नै निशुल्क कुरा गर्न सकिने टोल फ्रि नम्बर सञ्चालन गर्ने तयारी समेत गरिरहेको बताएको छ ।

मन्त्रालय तथा मातहतका कार्यालयको कामकारवाहीमाथि जनताको प्रत्यक्ष निगरानी बढाउन र पारदर्शिताका साथ सिञ्चाइ तथा नदी नियन्त्रणसम्बन्धी कामकारवाही, आयोजना र परियोजना समयमै सम्पन्न गर्ने उद्देश्यका साथ ‘हेलो सिञ्चाईं मन्त्री’ नामक जनसम्वाद कार्यक्रम सञ्चालन गरिएको बताए ।

कार्यक्रममार्फत् आएका सल्लाह, सुझाव र गुनासाअनुसार मन्त्रालय तत्काल अगाडि बढ्ने र आफ्ना कामकारावही सच्चाउनुका साथै ढिलासुस्ती र अपारदर्शिता हटाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL