Logo

निफ्रासँग नेप्सेले माग्यो ३ दिनभित्र स्पष्टीकरण, सोध्यो-लाभांश र लण्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने विषय सत्य हो ?

निफ्रासँग नेप्सेले माग्यो ३ दिनभित्र स्पष्टीकरण, सोध्यो-लाभांश र लण्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने विषय सत्य हो ?



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) सँग नेपाल स्टक एस्सचेन्ज (नेप्से) ले स्पष्टीकरण मागेको छ । हालै सञ्चार माध्यममा आएका निफ्रासँग सम्बन्धित समाचारका विषयमा नेप्सेले स्पष्टीकरण मागेको हो ।
विभिन्न सञ्चार माध्यमहरुमा निफ्राले ३० मिलियन डलरको बन्ड जारी गर्ने र लण्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने समाचार आएको थियो । उक्त विषयमा सत्यतथ्य प्रकाश पार्न नेप्सेले निफ्रालाई भनेको छ ।

laxmi

यस्तै, रणनीतिक साझेदार भित्र्याउने विषयमा कोसँग के कस्तो छलफल भएको, इन्सुरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको इन्सुरेन्स बन्ड, कम्पनीको नाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जस्ता धितोपत्र मूल्यमा प्रभाव पर्ने संवेदनशील सूचना प्रचार गर्नुको कारण स्पष्ट पार्न नेप्सेले निफ्रालाई निदेर्शन दिएको छ । नेप्सेले ३ दिन भित्र स्पष्टीकरण पेश गर्न निफ्रालाई निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL