Logo

करिव २१ अंकले बढ्यो नेप्से, अधिकांश समुह हरियो

करिव २१ अंकले बढ्यो नेप्से, अधिकांश समुह हरियो


बिजखबर संवाददाता
0
Shares

साताको दोश्रो दिन सोमबार नेप्से परिसुचक २० दशमलव ८६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार १ सय ७ दशमलव ४३ अंकमा पुगेर बन्द भएको छ ।

आइतवार नेप्से ४ दशमलव ११ अंकले ओरालो लागेको थियो । सोमवार अधिकांश समुहको परिसुचक उकालो लागेकोले समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ९६ अंकले उकालो लागेको छ ।

त्यस्तै होटल ३१ दशमलव ८८ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक २७ दशमलव ३३ अंकले बढेको छ । त्यसैगरी विकास बैंक, जलविद्युत र फाइनान्स समुहको परिसुचक क्रमशः १३ दशमलव ४७, ४ दशमलव १७ र १ दशमलव ६४ अंकले उकालो लागेको छ ।

सो दिन अनय समुहको सुचक भने १ दशमलव १७ अंकले ओरालो लागेको छ ।

सोमवार कारोवारमा आएका १ सय १ज्ञ कम्पनीका १० लाख ५६ हजार कित्ता सेयरबाट २४ करोड ३७ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL