Logo

साढे ७ अंकले बढ्यो नेप्से, २७ करोडको कारोवार

साढे ७ अंकले बढ्यो नेप्से, २७ करोडको कारोवार


बिजखबर संवाददाता
81
Shares

साताको अन्तिम दिन बिहीवार सेयर बजार ७ दशमलव ६७ अंकले उकालो लागेको छ । सो दिन बजार १ हजार ९२ अंकमा पुगेर बन्द भएको छ ।

बिहीवार जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ६० दशमलव ९१ अंकले उकालो लागेको छ । त्यस्तै होटल समुह २४ दशमलव ८१,अन्य १५ दशमलव २७ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक ५ दशमलव ८५ अंकले बढेको छ ।

त्यस्तै बीमा समुह र विकास बैंकको परिसुचक क्रमशः ३ र २ अंकले उकालो लागेको छ । यता फाइनान्स समुहको परिसुचक भने ० दशमलव ३१ अंकले ओरालो लागेको छ ।

बिहीवार कारोवारमा आएका ९९ कम्पनीको ३ लाख ९८ हजार कित्ता सेयरबाट २७ करोड ९१ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL