Logo

साढे १४ अंकले घट्यो नेप्से, कारोवारमा पनि गिरावट

साढे १४ अंकले घट्यो नेप्से, कारोवारमा पनि गिरावट


बिजखबर संवाददाता
0
Shares

साताको पहिलो दिन नेप्से परिसुचक १४ दशमलव ६४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार १ सय १९ दशमलव ८३ अंकमा झरेर बजार बन्द भएको छ ।

आइतवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।

सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ४२ दशमलव ७३ अंकले ओरालो लागेको छ । त्यस्तै सेयर बजारमा बढी प्रभाव रेहेको बैंक समुहको परिसुचक १९ दशमलव ४५ अंकले घटेको छ । त्यसैगरी जलविद्युत १३ दशमलव ६१, अन्य १० दशमलव ५७, होटल ९, विकाश बैंक ५ र फाइनान्स समुहको परिसुचक ० दशमलव ८८ अंकले घटेको छ ।

यता उतपादन समुहको परिसुचक भने २६ दशमलव ९८ अंकले उकालो लागेको छ ।

सो दिन ९८ ओटा कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ४ लाख ५ हजार कित्ता सेयरबाट २८ करोड ३५ लाख बराबरको कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL