Logo

१८ अंकले घट्यो नेप्से, ५४ करोडको कारोवार

१८ अंकले घट्यो नेप्से, ५४ करोडको कारोवार


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संबाददाता

१२ साउन,काठमाडौं । मंगलवार सेयर बजार १८ दशमलव २६ अंकले ओरालो लागेको छ ।

सो दिन १ हजार २८ अंकमा झरेर बजार बन्द भएको छ । मंगलवार कारोवारमा आएकामध्ये जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ३१ दशमलव ७८ अंकले ओरालो लागेको छ । त्यस्तै विकास बैंकको २५ दशमलव ८६, होटल २५ दशमलव ५ तथा बैंकिङ समुहको परिसुचक २३ दशमलव ६ अंकले घटेको छ ।

त्यसैगरी बीमा, फाइनान्स तथा उत्पादन समुहको परिसुचक क्रमशः ७ दशमलव १९, ३ दशमलव ९१ र २ दशमलव ३१ अंकले ओरालो लागेको छ । यता अन्य समुहको परिसुचक धने २ दशमलव ३५ अंकले बढेको छ । सो दिन १ सय ३७ कम्पनीको ११ लाख ३२ हजार ५ सय ४ कित्ता सेयरबाट ५४ करोड १२ लाखको कारोबार भएको छ  ।

प्रतिक्रिया दिनुहोस्
MBL