Logo

नेप्से ८ अंकले घट्यो, अन्य समुह घटेपनि होटल समुह भने बढ्यो

नेप्से ८ अंकले घट्यो, अन्य समुह घटेपनि होटल समुह भने बढ्यो


रामराजा श्रेष्ठ
27
Shares

बिजखवर संवाददाता
२६ कात्तिक, काठमाडौं । बुधाबार नेप्से परिसुचक पुनः ८ अंकले घटेको छ । आइतबार र सोमबार घटेर मंगलबार ८ अंकले बढेको नप्से परिसुचक बुधबार फेरी ओरोलो लागेको छ । बजार खुलेदेखि आरोलो लागेको नेप्से परिसुचक अन्ततः ८ दशमलव १७ अंकले घटेर ८ सय ८४ दशमलव ३५ अंकमा आएर अडिएको छ ।
बुधबार बीमा र जलविद्युत् समुहकै परिसुचक सवैभन्दा बढी घटेको छ । जसमा बीमा समुहको परिसुचक सवैभन्दा बढी ५४ दशमलव ६२ अंकले घटेको छ भने जलबिद्युत् समुहको परिसचक ३९ अंकले घटेको छ । यस्तै, बैंकिङ समुह पनि ६ दशमलव ७७ अंकले बढेको छ । बजारमा सवै समुहका परिसुचक घटेपनि होटल समुहको परिसुचक उच्च रुपमा बढेको छ । मंगलबार १३ अंकले बढेको होटल समुहको नेप्से परिसुचक बुधाबार २६ अंकले बढेको छ ।
बुधबार बजारमा २२ करोड ९४ लाख रुपैयाँका बराबरको ७ लाख ९५ हजार कित्ता सेयर कारोबार भएको छ । मंगलबारको तुलनामा सेयर कारोवार संख्या भने बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL