Logo

नेप्से ८ अंकले बढ्यो, कारोबार रकम भने बढेन

नेप्से ८ अंकले बढ्यो, कारोबार रकम भने बढेन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२५ कात्तिक, काठमाडौं । मंगलबार नेप्से परिसुचक ७ दशमलव ७८ अंकले बढेको छ । बजार खुलेपछि शुरुमा आरोलो लागेपनि अन्तमा बजारमा बढेको हो । आइतबार र सोमबार उच्च रुपमा घटेको जलविद्युत् र बीमा समुहको परिसुचक मंगलबार बढेपछि नेप्से परिसुचक पनि बढेको हो । मंगलबार नेप्से पसिसुचक ८ सय ९२ दशमलव ५२ अंकमा पुगेर अडिएको छ ।

मंगलबार बीमा समुहको नेप्से परिसुचक सवैभन्दा बढी ३९ दशमलब ३५ अंकले बढेको छ । यसैगरी जलविद्युत् समुहको परिसुचक पनि २० अंकले बढेको छ भने बंकिङ समुह ६ दशमलव ६४ प्रतिशतले बढेको छ । बजारमा सवै समुहको नेप्से परिसुचक बढेपनि होटल सहुको परिसुचक भने १३ अंकले घटेको छ ।

मंगलबार बजारमा २१ करोड ७९ लाख रुपैयाँका बराबरको ५ लाख १८ हजार कित्ता सेयर कारोबार भएको छ । नेप्से परिसुचक बढेपनि अघिल्लो दिनको तुलनामा कारोवार रकम भने बढेको छैन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL