Logo

हप्ताभरीमा जम्मा ४ अङ्क बढ्यो सेयर बजार, १ सय ६ करोडको कारोबार

हप्ताभरीमा जम्मा ४ अङ्क बढ्यो सेयर बजार, १ सय ६ करोडको कारोबार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

११ असार,काठमाडौं । गएको साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करीब ४ अङ्क बढेको छ । अघिल्लो हप्ता ९ सय २४ दशमलव ६ अङ्कमा बन्द भएको सेयर बजार गत हप्ता भने सुधारिएको हो ।

गत साता बजार खुलेकै दिन साढे ६ अङ्क घटेर ९ सय १७ दशमलव ९७ अंकमा ओर्लिएको नेप्से त्यसपछि पुनः सुधारिएर गत विहीवार ९ सय ३० दशमलव ३८ अङ्कमा पुगेको छ । गत साता नेप्सेमा १ सय ७० कम्पनीहरुको सेयर कारोबार भएको थियो । ७ हजार ४ सय ३५ कारोबारबाट २७ लाख ७५ हजार ९ सय १० कित्ता सेयरहरु खरिद बिक्री हुँदा १ अर्ब ५ करोड ९१ लाख ९४ हजार रुपैयाँ को व्यापार भएको नेप्सेले जानकारी दिएको छ ।

गत साताको भन्दा कारोबार रकम ७ दशमलव ८५ प्रतिशत बढी हो । गत साता ७ हजार ५८ कारोबारबाट १ सय ५१ कम्पनीहरुको ९८ करोड ५७ लाख १८ हजार रुपैयाँ बराबरको सेयर व्यापार भएको थियो । नेप्सेका अनुसार अघिल्लो हप्ता २८ लाख ९५ हजार ८ सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

गत साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २ दशमलव ५७ अंकले बढेर १ सय ९९ अंकमा आईपुगेको छ । गत साता कारोबार रकम (८ करोड ८२ लाख ९० हजार रुपैयाँ) को आधारमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (२ लाख २१ हजार कित्ता) को आधारमा नविल ब्यालेन्स फण्ड १ पहिलो स्थानमा छ । कारोबार संख्या (४ सय ९३ वटा) को आधारमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक नै अगाडी देखिएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL