Logo

सातामा ९८ करोड ५७ लाखको सेयर व्यापार, स्थिर बन्दै बजार

सातामा ९८ करोड ५७ लाखको सेयर व्यापार, स्थिर बन्दै बजार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

५ असार , काठमाडौं । गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करीब १३ अङ्क घटेको छ । अघिल्लो साता ९ सय ३७ दशमलव ९६ अङ्कमा बन्द भएको नेप्से गत हप्ता ९ सय २४ दशमलव ६० मा ओर्लिएको हो ।

भुकम्पपछिको अवस्थामा लगातार झरिरहेको शेयर बजार सूचक राजनीतिक सहमतिको वातावरण बन्दै गएपछि बढ्न थालेको थियो । तर, पछिल्ला दुई सातामा १ सय अङ्कभन्दा बढीको सातामा मुभमेण्ट पछि नेप्से केही करेक्सनको अवस्था देखियो ।

बजार स्थिर हुन खोजेका कारण गत साता नेप्सेमा फराकिलो उतारचढाव देखिएन ।

गत साता नेपाल स्टक एक्सचेञ्जमा १ सय ५१ कम्पनीहरुको कारोबार भएको छ । यस अनुसार ७ हजार ५८ कारोबारबाट ९८ करोड ५७ लाख १८ हजार रुपैयाँ बराबरका २८ लाख ९५ हजार ८ सय ३० कित्ता सेयर खरिद–बिक्री भएको नेप्सेले जानकारी दिएको छ । यो रकम अघिल्लो साताको भन्दा ३९ दशमलव १६ प्रतिशत कम हो ।

अघिल्लो साता नेप्सेमा १ सय ५४ कम्पनीहरुको सेयर कारोबार भएको थियो । त्यसमा १० हजार ७ सय ७६ कारोबारबाट १ अर्ब ६२ करोड ५ लाख ७२ हजार रुपैयाँ बराबरका ३९ लाख ८८ हजार ४० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

गत साता नेप्सेमा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १ दशमलव १३ अङ्कले घटेर १ सय ९७ दशमलव ७१ अङ्कमा झरेको छ ।

साताभरको कारोबार रकम (६ करोड ३५ लाख ८० हजार रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (४ लाख १४ हजार कित्ता) को आधारमा सिद्धार्थ इक्विटी ओरिएण्टेड स्किम अग्रस्थानमा छ । कारोबार संख्या (२ सय ७३ वटा) को आधारमा भने सेञ्चुरी कमर्शियल बैंक अग्रस्थानमा छ ।

गत साता पनि नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । तर, सधैंझैं गत साता पनि ऋणपत्रतर्फ नेप्सेमा संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL